के तपाईं घरमा हावा शुद्ध पार्ने बिरुवा रोप्न चाहनु हुन्छ ?

एजेन्सी । आफ्नो घरको बगैँचा वा खाली ठाउँलाई सुन्दर र आकर्षक बनाउन थरिथरिका बोटबिरुवा लगाउने चलन बढ्दै गएको छ। विशेष गरी शहरी क्षेत्रमा गमला, छाना, बाल्कोनी र घर वरिपरिको खाली ठाउँमा विभिन्न किसिमका फूल तथा बिरुवाले सजावट गरिन्छ।

वास्तुशास्त्र अनुसार केही बोटबिरुवा घर वरिपरि रोप्दा शुभ मानिन्छ भने केहीलाई अशुभ मानिन्छ। अन्तर्राष्ट्रिय मिडिया नवभारत टाइम्स का अनुसार, क्रोटन प्लान्ट घरमा रोप्दा सुन्दरता मात्र बढ्दैन, यो एक उत्कृष्ट वायु शुद्धीकरण पनि हो।

क्रोटन इनडोर बिरुवा हो, जसका रंगीन र सुन्दर पातहरूले हावाबाट विषाक्त पदार्थहरू सोस्न मद्दत गर्छन्। त्यसैले घर भित्रको हावा शुद्ध पार्न यो महत्त्वपूर्ण बिरुवा मानिन्छ। धेरै मानिसहरूले यसलाई छाना, बाल्कोनी, शयनकक्ष र कार्यालयहरूमा रोप्ने गर्दछन्।

क्रोटनको हेरचाह

  • प्रकाश: क्रोटन उज्यालो, अप्रत्यक्ष प्रकाश मन पराउँछ।
  • पानी: माटो थोरै ओसिलो राख्नु पर्छ, तर धेरै पानी हाल्न हुँदैन।

क्रोटनले घरलाई सौन्दर्य र स्वच्छ हावा दुवै दिन्छ, त्यसैले यसलाई इनडोर बोटबिरुवा बनाउन उत्कृष्ट विकल्प मानिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here