बङ्गलादेशको ग्यास उद्योगमा आगलागी हुँदा पाँच जनाको मृत्यु

एजेन्सी । बङ्गलादेश को राजधानी ढाका नजिकै ग्यास लाइटर उत्पादन गर्ने एक उद्योगमा शनिबार आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।

अग्नि नियन्त्रण सेवा र नागरिक रक्षाका अनुसार ढाकानजिकैको केरानीगञ्ज को कदमतली क्षेत्रमा उक्त आगलागी भएको हो। दिउँसोदेखि सुरु भएको आगो नियन्त्रणमा लिन सात वटा अग्निनियन्त्रक टोली परिचालन गरिएको दमकल विभागले जनाएको छ।

आगो नियन्त्रणमा ल्याउन घण्टौँ समय लागेको थियो। अग्निनियन्त्रकहरूले साँझसम्म पाँच जनाको शव फेला पारेका छन्।

समाचार तयार पार्दासम्म मृतकहरूको पहिचान खुल्न सकेको छैन। आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here