उडान अवरुद्ध हुँदा विदेशबाट ३८ शव ल्याउन समस्या

पश्चिम एसिया क्षेत्रमा रहेका नेपालीहरूको पछिल्लो अवस्थासम्बन्धी प्रेस ब्रिफिङ काठमाडौँ, २० चैतः परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार मन्त्रालयमा आयोजित पश्चिम एसिया क्षेत्रमा रहेका नेपालीहरूको पछिल्लो अवस्थालगायत समसामयिक विषयमा आयोजित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीलगायत । तस्बिरः किरणराज विष्टररासस

काठमाडौं l परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा युद्धका कारण उडान अवरुद्ध हुँदा ३८ जनाको शव फिर्ता ल्याउन समस्या भएको जनाएको छ ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले उडान अवरुद्ध भएका कारण बिभिन्न कारणले मृत्यु भएका करिब ३८ जना नेपालीको शव फिर्ता समस्या भएकोप्रति गम्भीर रहेको बताए ।

उहाले चैत्र १८ गते कुवेत एयरलाइन्सबाट ९ वटा शव ल्याइसकिएको र अरु शवहरू पनि ल्याउने कार्य अघि बढिसकेको जानकारी दिए । प्रवक्ता क्षेत्रीले पश्चिम एसियामा युद्ध सुरुभएयता करिब साढे ८६ हजार नेपालीले उद्धारको लागि नाम टिपाएकोमा हाल असुरक्षित रहेको छु भन्ने नेपालीहरूको संख्या क्रमशः घट्दै गएको उल्लेख गरे ।

त्यसैगरि युद्धको समयमा अफवाह फैलाउने सामाग्री सामाजिक सञ्जालमा नराख्न गरिएको निर्देशन नेपालीहरूले पालना गरिरहेको भन्दै उनले नियम उलंघन गर्ने केही नेपालीहरू पक्राउ परेको जानकारी दिए ।

यस्ता घटनामा हालसम्म एघार जना नेपालीहरू पक्राउ परेको खबर प्राप्त भएको उनले बताए । उनले इरानमा रहेका ११ जना नेपालीहरू सुरक्षित अवस्थामा रहेको र दोहास्थित नियोग सम्पर्कमा रहेको जानकारी दिए ।

प्रवक्ता क्षेत्रीले ठुलो समस्यामा परेर नेपाल फर्कन चाहने नेपालीहरूलाई सम्बन्धित दूतावासमा सम्पर्क गर्न भनेको र आवश्यक सहजीकरण गर्ने काम अघि बढाइएको बताए । पश्चिम एसियाको युद्धका कारण ठुलो संख्यामा रोजगारी गुम्न सक्ने अवस्था नदेखिएको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here