निर्माण व्यवसायीको नयाँ नेतृत्वमा निकोलश पाण्डे निर्वाचित

काठमाडौं l नेपाल निर्माण व्यवसायि महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी भएका छन्।

पाण्डेले ५ सय १४ मत प्राप्त गरे भने प्रतिष्पर्धी आङदोजी लामाले ४ सय १३ मत प्राप्त गरेका थिए। महासचिवमा शिवहरि घिमिरे निर्वाचित भएका छन्। घिमिरेले ५ सय २७ मत प्राप्त गर्दा प्रतिष्पर्धी बलिभद्र रानाले ३ सय ८० मत प्राप्त गरेका थिए।

यसैगरी, कोशी प्रदेश उपाध्यक्षमा धिरेन्द्र दाहाल, मधेस प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, वागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा शहदेव खड्का, कर्णाली प्रदेश उपाध्यक्षमा हिमबहादुर बुढा, सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाशबहादुर शेट्टी विजयी भएका छन्।

नीतिगत उपमहासचिवमा मंगल शाही, आन्तरिक उपमहासचिवमा सन्तोष शाह, महिलातर्फको उपाध्यक्षमा गङ्गा पोखरेल विजयी भएका छन् भने कोषाध्यक्षमा उज्ज्वल गौतम र सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ बिजयी भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here