यो साता तोलामा १३ हजार रुपैयाँ बढ्यो सुन

काठमाडौं । यो साता सुनको भाउ प्रतितोला १३ हजार रुपैयाँ बढेको छ । गत शुक्रबार प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९४ हजारमा कारोबार भएको छ ।

यद्यपि अघिल्लो दिनको तुलनामा आज सुनको भाउ स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन पनि यही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै यो साता चाँदीको भाउ तोलामा १६० रुपैयाँ बढेको छ । गत शुक्रबार प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८३० रुपैयाँ कायम छ । अघिल्लो दिनको तुलनामा आज चाँदी ५० रुपैयाँ बढेको हो । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here