Tag: नेपाल बाढी २०२६
मंगोलियन हार्ट पहिलोपटक युरोप टुरमा, रसुवा बाढीपीडितलाई पनि सहयोग गर्ने
मंगोलियन हार्टले तीन दशकभन्दा लामो सांगीतिक यात्रापछि पहिलोपटक युरोप टुर गर्ने भएको छ। सेप्टेम्बर २४ देखि सुरु हुने यात्रामा चार देशमा प्रस्तुति र रसुवा बाढीपीडितलाई सहयोग गर्ने कार्यक्रम छ।
भोटेकोशी बाढी प्रभावितलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी
भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई जोखिमयुक्त पुरानै स्थानमा पुनर्स्थापना नगरी सुरक्षित क्षेत्रमा नयाँ बस्ती विकास गर्ने तयारी सरकारले अघि बढाएको छ।
स्ट्रे किड्सका बाङ चानले नेपाल बाढी राहतका लागि दिए १० करोड...
स्ट्रे किड्सका सदस्य बाङ चानले नेपालका बाढी प्रभावित क्षेत्रको राहत तथा पुनःस्थापनाका लागि युनिसेफ कोरियामार्फत १० करोड दक्षिण कोरियाली वन सहयोग गरेका छन्।
कतारका नेपाली मुस्लिम समुदायबाट बाढी पहिरो पीडितका लागि ४१ लाखभन्दा बढी...
दोहा, कतार । कतारमा रहेका नेपाली मुस्लिम समुदायले नेपालका बाढीपहिरो प्रभावितका लागि ४१ लाख रुपैयाँभन्दा बढी राहत रकम प्रधानमन्त्री राहत कोषमा जम्मा...
बाढीबाट प्रभावित नवीकरणीय ऊर्जा प्रणालीमा ५६ करोड ८० लाख रुपैयाँको क्षति
भोटेकोशी बाढीबाट पाँच जिल्लाका घरायसी तथा सामुदायिक नवीकरणीय ऊर्जा प्रणालीमा ५६ करोड ८० लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रतिवेदनले जनाएको छ।
बाढी प्रभावित बालबालिकाको संरक्षणका लागि एमआईटी फाउन्डेसनले ५७ करोड ८५ लाख...
भोटेकोशी बाढीबाट प्रभावित तथा अभिभावक गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणका लागि एमआईटी फाउन्डेसनले ५७ करोड ८५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
बाढीपछि बेत्रावती फर्किएका परिवारले घरको भग्नावशेषमा खोज्दैछन् विगत
नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेत्रावती फर्किएका परिवारले घर, सामान र आफन्तका चिनो भग्नावशेषमा खोजिरहेका छन्।
भारतले बाढी प्रभावित नेपाललाई थप ११ टन राहत सामग्री पठायो
भारतले सेप्टेम्बर १९ मा बाढी प्रभावित नेपालका लागि थप ११ टन राहत सामग्री पठाएको छ। यो भारतबाट नेपालका लागि पठाइएको नवौँ राहत उडान हो।
वाग्लेले भारतसँग बाढीपछिको पुनर्निर्माणमा सहयोग मागे
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग हालैको बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि सहयोग मागेका छन्। नयाँ दिल्लीमा भारतीय समकक्षी निर्मला सीतारमणसँग भएको भेटमा पुनर्निर्माण, व्यापार, लगानी, ऊर्जा र कनेक्टिभिटीसहित नेपाल–भारत आर्थिक सम्बन्धका विषयमा छलफल भएको छ।
भोटेकोशी बाढीले तीन जिल्लाका १४ हजार ५०० बालबालिकाको पढाइ प्रभावित
भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका ६३ शैक्षिक संस्थाका १४ हजार ५०० भन्दा बढी बालबालिकाको पढाइ प्रभावित भएको सरकारी मूल्यांकनले देखाएको छ।


















