# सभामुख पदमा रास्वपाका डीपी अर्यालको उम्मेदवारी दर्ता

- Link: https://merosath.com/%e0%a4%b8%e0%a4%ad%e0%a4%be%e0%a4%ae%e0%a5%81%e0%a4%96-%e0%a4%aa%e0%a4%a6%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%aa%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%a1%e0%a5%80/
- Published: ७ महिना अगाडि
- Author: मेरो साथ

काठमाडौं । रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन 
दर्ता गराएका छन् ।

उनको प्रस्तावकमा प्रतिनिधि सभा सदस्य समेत रहेका पार्टी सभापति रवि लामिछाने छन् ।
समर्थकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार
मन्त्री सुनिल लम्साल छन् ।

सभामुख पदको निर्वाचनमा चैत २२ गते हुँदैछ ।

त्यसका लागि संघीय संसद सचिवालयले आज शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख
पदको उम्मेदवारी दर्ताको समय तोकेको छ । लगत्तै साढे २ बजे उम्मेदवारको सूची प्रकाशित
हुनेछ ।

२२ गते बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावले 
प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्नेछन् । उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल 
सकिएपछि निर्णयार्थ प्रस्तुत हुने कार्यसूची छ ।

रास्वपाको बिहीबार बसेको बैठकले सभामुख पदमा अर्याललाई अघि सार्ने निर्णय गरेको थियो।
२७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपा १८२ सिटसहित दुई तिहाइ बहुमत नजिक रहेकाले अर्याल
सभामुख हुने निश्चित छ ।

हाल सभामुख नहुँदा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले प्रतिनिधि सभा
बैठकको अध्यक्षता गर्दै आएका छन् ।
