# शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

- Link: https://merosath.com/%e0%a4%b6%e0%a4%82%e0%a4%95%e0%a4%b0-%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a4%95%e0%a4%be-%e0%a4%85%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b7-%e0%a4%b6%e0%a4%82%e0%a4%95/
- Published: ७ महिना अगाडि
- Author: मेरो साथ

**काठमाडौं **l शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान
ब्युरो (सीआइबी)ले पक्राउ गरेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा उनलाई शुक्रबार
पक्राउ गरिएको हो ।

उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान भइरहेको छ । सोही क्रममा
सीआईबीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेको अग्रवाललाई जिल्ला प्रहरी कार्यालय 
ललितपुरमा राखिएको छ ।
