# यो साता तोलामा १३ हजार रुपैयाँ बढ्यो सुन

- Link: https://merosath.com/%e0%a4%af%e0%a5%8b-%e0%a4%b8%e0%a4%be%e0%a4%a4%e0%a4%be-%e0%a4%a4%e0%a5%8b%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a5%a7%e0%a5%a9-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%b0%e0%a5%81%e0%a4%aa/
- Published: ७ महिना अगाडि
- Author: मेरो साथ

काठमाडौं । यो साता सुनको भाउ प्रतितोला १३ हजार रुपैयाँ बढेको छ । गत शुक्रबार प्रतितोला
२ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९४ हजारमा कारोबार भएको छ ।

यद्यपि अघिल्लो दिनको तुलनामा आज सुनको भाउ स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ । अघिल्लो दिन पनि यही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै यो साता चाँदीको भाउ तोलामा १६० रुपैयाँ बढेको छ । गत शुक्रबार प्रतितोला ४
हजार ६७० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८३० रुपैयाँ कायम छ । अघिल्लो दिनको
तुलनामा आज चाँदी ५० रुपैयाँ बढेको हो । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा
कारोबार भएको थियो ।
