# नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने, उपसभामुखमा दाबी

- Link: https://merosath.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a8%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%9f-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a5%80/
- Published: ७ महिना अगाडि
- Author: मेरो साथ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । उसले
रास्वपा उम्मेदवार डीपी अर्याललाई समर्थन गर्ने जनाएको छ ।

नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सभामुख पदमा उम्मेवारी नदिने
बताए । ‘संसदमा दुई तिहाइ बहुमतसहितको रास्वपाले सभामुख पदमा उम्मेदवारी दिनु स्वाभाविक
छ । त्यसमा हाम्रो समर्थन रहन्छ,’ दुलालले भने ।

रास्वपा उपसभापति डीपी अर्यालले सभामुख पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीले उपसभामुख पदमा भने दाबी गरेको छ । सहमति भए उपसभामुख पदमा
उम्मेदवारी दिने नेकपाका एक नेताले बताए ।

नेपाली कांग्रेसले पनि सभामुख पदमा उम्मेदवारी नदिने जनाएको छ । सत्तापक्षसँग संसद्‍मा
सुविधाजनक अंक रहेको र सभामुख साझा व्यक्ति पनि भएको हुँदा सभामुखमा उम्मेदवारी नदिने
निर्णय गरेको कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बताएका छन् ।
