# क्षेप्यास्त्रको भग्नावशेष खस्दा यूएईमा सात नेपाली घाइते, एकको अवस्था गम्भीर

- Link: https://merosath.com/%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%aa%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a4%97%e0%a5%8d%e0%a4%a8%e0%a4%be%e0%a4%b5%e0%a4%b6/
- Published: ७ महिना अगाडि
- Author: मेरो साथ

एजेन्सी l क्षेप्यास्त्रको भग्नावशेष खस्दा संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबु
धाबीमा सात जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको यूएईबाट
प्रकाशित हुने द नेसनको अनलाइन संस्करणले जनाएको छ ।

घटनामा कुल १२ जना घाइते भएको जनाइएको छ । घाइते भएका बाँकी पाँच जना भारतीय नागरिक
छन् ।

आकाशमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्दा भग्नावशेष खसेको र त्यही भग्नावशेष लागेर मानिसहरु
घाइते भएका हुन् । पछिल्लो समय पश्चिम एशियामा युद्ध चर्किँदै जाँदा त्यहाँ रहेका नेपालीको
सुरक्षामा गम्भीर प्रश्न उठेको छ ।

यसअघि यूएईमै एक जना नेपालीले ज्यान गुमाइसकेका छन् ।
