# उडान अवरुद्ध हुँदा विदेशबाट ३८ शव ल्याउन समस्या

- Link: https://merosath.com/%e0%a4%89%e0%a4%a1%e0%a4%be%e0%a4%a8-%e0%a4%85%e0%a4%b5%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%b9%e0%a5%81%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6/
- Published: ७ महिना अगाडि
- Author: मेरो साथ

काठमाडौं l परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा युद्धका कारण उडान अवरुद्ध हुँदा 
३८ जनाको शव फिर्ता ल्याउन समस्या भएको जनाएको छ ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर
क्षेत्रीले उडान अवरुद्ध भएका कारण बिभिन्न कारणले मृत्यु भएका करिब ३८ जना नेपालीको
शव फिर्ता समस्या भएकोप्रति गम्भीर रहेको बताए ।

उहाले चैत्र १८ गते कुवेत एयरलाइन्सबाट ९ वटा शव ल्याइसकिएको र अरु शवहरू पनि ल्याउने
कार्य अघि बढिसकेको जानकारी दिए । प्रवक्ता क्षेत्रीले पश्चिम एसियामा युद्ध सुरुभएयता
करिब साढे ८६ हजार नेपालीले उद्धारको लागि नाम टिपाएकोमा हाल असुरक्षित रहेको छु भन्ने
नेपालीहरूको संख्या क्रमशः घट्दै गएको उल्लेख गरे ।

त्यसैगरि युद्धको समयमा अफवाह फैलाउने सामाग्री सामाजिक सञ्जालमा नराख्न गरिएको निर्देशन
नेपालीहरूले पालना गरिरहेको भन्दै उनले नियम उलंघन गर्ने केही नेपालीहरू पक्राउ परेको
जानकारी दिए ।

यस्ता घटनामा हालसम्म एघार जना नेपालीहरू पक्राउ परेको खबर प्राप्त भएको उनले बताए ।
उनले इरानमा रहेका ११ जना नेपालीहरू सुरक्षित अवस्थामा रहेको र दोहास्थित नियोग सम्पर्कमा
रहेको जानकारी दिए ।

प्रवक्ता क्षेत्रीले ठुलो समस्यामा परेर नेपाल फर्कन चाहने नेपालीहरूलाई सम्बन्धित 
दूतावासमा सम्पर्क गर्न भनेको र आवश्यक सहजीकरण गर्ने काम अघि बढाइएको बताए । पश्चिम
एसियाको युद्धका कारण ठुलो संख्यामा रोजगारी गुम्न सक्ने अवस्था नदेखिएको उनको भनाइ
छ ।
