# इरान युद्धमा अमेरिकाले दैनिक कति खर्च गरिरहेको छ ?

- Link: https://merosath.com/%e0%a4%87%e0%a4%b0%e0%a4%be%e0%a4%a8-%e0%a4%af%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%a6/
- Published: ७ महिना अगाडि
- Author: मेरो साथ

काठमाडौं । इरान युद्ध अमेरिकाका लागि महंगो सावित हुँदै गएको छ । अमेरिकी मिडिया रिपोट्र्सका
अनुसार, गत महिना युद्धको छ दिनपछि पेन्टागनले अमेरिकी सांसदहरूलाई युद्धमा अहिलेसम्म
११.३ अर्ब डलर खर्च भइसकेको बताएको थियो ।

युद्धमा सयकडौं टमहक मिसाइलहरू प्रयोग भएका र प्रति टमहक मिसाइलको मूल्य करिब ३५ लाख
डलर रहेको रिपोर्टहरूमा उल्लखे गरिएको बीबीसीले जनाएको छ ।

युद्ध लम्बिँदै जाँदा अमेरिकाका लागि दैनिक खर्च अलग–अलग रहेको समाचारमा उल्लेख छ ।
अमेरिकी अधिकारीहरूले खर्चमा कमी आइरहेको दाबी गरेका छन् ।

तर, विशेषज्ञहरूले युद्धमा अहिले पनि हरेक दिन झण्डै ३८५ मिलियन डलर खर्च भइरहेको अनुमान
गरेका छन् ।

अमेरिकी रक्षा विभागले भने इरानी ड्रोन र मिसाइल हमलामा ९० कमी आएको बताएको छ ।
